काठमाडौँ — नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले भारतको मिचाहा प्रवृत्ति प्रत्येक नेपालीका लागि असैह्य भएको टिप्पणी गरेका छन् । सामाजकि संजालमा बेलाबेला राजीनितक विषयमा समेत टिप्पणी गर्ने अभिनेता हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गरेका हुन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार नहुने बताएका छन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’ उनले भनेका छन् ।
अनावश्यक रुपमा सिमा विवाद निम्त्याईएको तर्फ संकेत गर्दै उनले भनेका छन् ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरैरथोरै केही माग गरेको छैन, ।’
भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको र ‘वर्तमान अवस्थाको यो गतिविधि सह्य नभएको उनको भनाई छ । ‘म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्दा अब हरेक नेपालीको हो ।’ भिडियोमा उनले भनेका छन् ।
यी तीन क्षेत्र नेपालको रहेको दोहोर्याउदै हमालले भारतलाई भूमि फिर्ता गर्न माग गरेका छन्, ‘ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । यो राष्ट्रको नागरिकका हिसाबले हामी हाम्रो छिमेकी राष्ट्र भारतसँग हाम्रो क्षेत्रको सत्यतथ्य, इतिहास हेरेर यो मुद्दासँग न्यायीक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं ।’