Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
साउदीमा कोरोनाका कारण ७ नेपालीले ज्यान गुमाए, साँढे १३ सय संक्रमित

काठमाडौँ — साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट ७ जना नेपालीले ज्यान गुमाएका छन् । कोरोना संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेकोमा ७ जनाको मृत्यु भैसकेको छ । रियाद स्थित नेपाली दुतावासका अनुसार एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ वैशाख ३० गतेसम्म ६ सय ७४ जना संक्रमित थिए ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना रहेको जानकारी दिए । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन् ।

साउदीमा कोरोना भाइरसबाट हालसम्म ६५ हजार ७७ जनामा संक्रमण फैलिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update