अतिक्रमित भूमि निशान छापमा समेट्न संविधान संशोधन गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले अतिक्रमित भूमि समेटर निशान छाप प्रकाशित गर्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य अघि बढाएको छ । उक्त प्रस्ताव संसदमा संसदमा दर्ता गर्ने निर्णय शुक्रवारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले नयाँ नक्सा पारित गरेर सार्वजानिक गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७ १२:५१
प्रतिक्रिया दिनुहोस्