Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आरडीटी पोजेटिभ देखिएका दोलखाका स्वास्थ्यकर्मीसहित ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

चरिकोट - कोरोना भाईरस (कोभिड १९) को आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखिएका प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका स्वास्थ्यकर्मी सहित ७ जनाको पीसीआर रिपोर्ट नगेटिभ आएको छ ।

सदरमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा आरडिटि परीक्षणका क्रममा स्वास्थ्यकर्मीको आरडिटी पोजेटिभ देखिएपनि पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी पोजेटिभ देखिएका स्वास्थ्यकर्मी सहित उनको सम्पर्कमा रहेका अन्य ७ जनाको स्वाब पीसीआर प्रविधिबाट परीक्षणका लागि धुलिखेल पठाईएको थियो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटबाट ७ र किर्नेटारबाट पठाईएको १ जनाको स्वाबको नमुना नेगेटिभ आएको जानकारी दिए ।

स्वाबको नमुना परीक्षण गर्न पठाईएका बाँकी ४ जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी छ । बुधवार पिएचसीका स्वास्थ्यकर्मी सहित ९७ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

भिमेश्वर नगरपालिकाका मेयर भरत केसिले बाँकी चार जनाको रिपोर्ट आएपछि हाल बन्द गरिएको प्रस्तावित चरिकोट अस्पतालको सेवा सुचारु गरिने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update