चोरी गरेको अभियोगमा युवक पक्राउ

चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिका ४ मा चोरी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा नम्बर ३ का २७ वर्षिय महेश शिवाकोटी रहेका छन् ।
उनले लकडाउनको समयमा गत जेठ ३ गते हिलेपानी स्थित गुम्बेसी कालिका सपिङ सेन्टरका संचालक हरिहर भण्डारीको पसल चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पसलबाट उनले ९२ हजार नगद, एक सय दरको १० थान रिचार्ज कार्ड चोरेर फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटि गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चरिकोट बुझाएको छ । उनी उपर थप अनुसन्धान कार्य भैरहेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७ १८:१०
प्रतिक्रिया दिनुहोस्