कतारमा समस्यामा परेका नेपालीका लागि त्यहाँको सरकारले उपलब्ध गरायो डेढ करोड

दोहा - कतार सरकारले कोरोना भाईरस (कोभिड १९) का कारण समस्यामा परेका नेपालीहरुका लागि करिव डेढ करोड रुपैयाँ सहायता उपलब्ध गराएको छ । कतारमा अप्ठेरोमा परेका नेपालीहरुलाई राहत व्यवस्थापनका लागि ४ लाख ५० हजार रियाल अर्थात करिव डेढ करोड रुपैयाँ बरावर सहयोग गरेको हो ।
उक्त रकम कतार सरकारले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्लाई उपलब्ध गराएको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए । उक्त सहयोग रकमबाट कतारमा रहेका ५ हजार नेपाली कामदार लाभान्वित हुने बताईएको छ ।
यो सहयोग रकम गम्भिर समस्यामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको राहत व्यवस्थापनका लागि खर्च गरिनेछ, पन्तले भने । उनका अनुसार कतारमा समस्यामा परेका नेपालीहरुका लागि कतार एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा नेतृत्वको टोली खटिईरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७ २१:१९
प्रतिक्रिया दिनुहोस्