
चरिकोट –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ बिरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । काठ व्यापारीहरुसँग घुस लिएको अभियोगमा डिभिजन प्रमुख श्रेष्ठ बिरुद्ध मुद्धा चलाईएको हो ।
दोलाबाट काठमाण्डौं जाने क्रममा श्रेष्ठलाई घुस लिएको आशंका गरिएको रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । श्रेष्ठले कार्यालयमा सेवाग्राहीसँग बिभिन्न नाममा २ लाख ३ हजार ५ सय रुपैयाँ घुस लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । अख्तियारको आरोपपत्रमा काठ व्यवसायीहरुसँग बिभिन्न बरबहानामा रकमको वार्गेनिङ गरी गर्न लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी वदनियतपूर्वक काठ व्यवसायीहरुलाई अनुचित प्रभावमा पारी घुस÷रिसवत दिन वाध्य पारेको भनिएको छ ।
श्रेष्ठबाट बरामद गरिएको रकम व्यवसायीहरुबाट घुसबापत लिएको पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर अपराध देखिएकोले अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिए ।
अख्तियारले विगो २ लाख ३ हजार ५ सय कायम गरी श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड घ बमोजिम सजाय हुनुका साथै घुस रिसवत लिएको बरामद भई दाखिला हुन आएको रकम जफत गर्न अख्तियारले विशेष अदालत समक्ष माग गरेको छ ।
http://www.ciaa.gov.np/uploads//pressRelease/oX1tY3.pdf