थप १ सय १४ जनामा कोरोना संक्रमण, संख्या ८ सय ८६ पुग्यो

काठमाण्डौँ - कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा थप १ सय १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक गरिएका परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।
मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७ १६:२८
प्रतिक्रिया दिनुहोस्