Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

चरिकोट - दोलखा जिल्लामा पनि कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भिमेश्वर नगरपालिकाका एक जना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालबाट रिफर गरिएका विरामीको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले पनि ती व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि कोराना संक्रमणको पुष्टि भएको जानकारी आईसकेको छ, अब हामी कन्ट्रयाक ट्रसिङको काम सुरु गर्दैछौं, उनले भने । कोरोना संक्रमित व्यक्तिको शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भिर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । परिवारजनका अनुसार बृद्धमा लामो समयदेखि दम र सुगरको पनि समस्या रहेको थियो । 

कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति बस्ने र आसपासका क्षेत्र सिल गर्ने तयारी गरिएको छ भने उनको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गर्ने कार्य सुरु गरिँदैछ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update