उपनिर्वाचनमा देशभर ६२ प्रतिशत मतदान भएको अनुमान

काठमाडौं । निर्वाचन आयोगले देशभर ६२ प्रतिशत मतदान भएको जनाएको छ । स्थानीय तहको रिक्त पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक आँकलन गरिएको हो । आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको बताए ।
अधिकांश ठाउँमा मतदान सकिएको जानकारी आएको उनले बताए । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्