रविबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको प्रतिवेदन

कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिरुद्धको सम्पति शुद्धिकरण सम्बन्धि मुद्धाको प्रतिबेदन तयार गरेको छ । उक्त प्रतिवेदनमा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा उक्त प्रतिवेदन बुझाएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उक्त रकम असुल गर्नुपर्ने प्रहरीको राय छ ।
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ । ती प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने प्रहरीको निष्कर्ष छ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ २०:२८
प्रतिक्रिया दिनुहोस्