Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सन् २०२४ मा झण्डै साँढे ११ लाख पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२४ मा झण्डै साँढे ११ लाख पर्यटक नेपाल भित्रिएका छन् । पुष मसान्तसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको बताए । यो सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढी हो । 

बोर्डका अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको राष्ट्र संघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्यांक छ ।

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमन बढाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update