सिन्धुपाल्चोकमा भूकम्प, आसपासका जिल्लामा पनि धक्का

काठमाडौं । सिन्धुपाल्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको माझीटार आसपास देखिएको छ । भूकम्पको धक्का काठमाडौं, दोलखा, रामेछाप लगायत जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि, गत मंगलबार बिहान ७ः५४ बजे बैतडी केन्द्रविन्दुर बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १४:५३
प्रतिक्रिया दिनुहोस्