नेपाल र तिब्बतको सिमाना भएर ७ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । तिब्बत र नेपालको सीमाना भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार डिंगे कान्टी केन्द्र भएर ७ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको प्रभाव पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। ‘यो भूकम्पको गहिराइ करिब १० किलोमिटर देखिएको छ। यद्यपि यसबारे विस्तृतमा हामी पनि बुझ्दैछौं। यसको असर काठमाडौं र यसभन्दा पश्चिम पनि परेको छ,’ उनले भने।
बिहान ६ः५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो। पूर्वी पहाडमा क्षति भएको आशंकामा प्रशासनले विवरण माग गरेको बताएका छन्।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:४८
प्रतिक्रिया दिनुहोस्