Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अवैध कल सेन्टरमा सीआईबीको छापा

काठमाडौं । ललितपुरको सातदोटोस्थित एक अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा हानेको छ । सीआईबीको टोलीले सोमबार राति छापा हानेर ५३ जनालाई नियन्त्रणमा लिएको छ ।  

सीआईबी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपक थापाले पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको जानकारी दिए । 

उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीआईबीका अनुसार उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिनेछ । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update