सशस्त्रका ४ डीआईजीको पदावधि थपियो

काठमाडौं । सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि थपिएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका चार डीआईजीहरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरीके म्याद थप गर्ने निर्णय भएको मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो ।
उनीहरू मंगलबार मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साता अघि गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको हो ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ ०९:२५
प्रतिक्रिया दिनुहोस्