चीनमा भूकम्पमा परी १२६ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । चीनको तिब्बतमा भूकम्पमा परी १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ । तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार ७ म्याग्नेच्युडको भूकम्प गएको थियो । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका भग्नावशेषमा अझै कोही पुरिएको हुनुसक्ने अनुमान छ ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।
तिब्बतमा रहेका नेपालीहरु भने हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ ०९:४१
प्रतिक्रिया दिनुहोस्