Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
२० खर्ब हाराहारीको बजेट आउँदै

काठमाडौं । सरकारले बजेट ल्याउने अन्तिम तयारी गरेको छ । स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर बजेट ल्याउन लागिएको हो । स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो । 

दुई ठूला दल कांग्रेस र एमालेको सरकार रहेको अवस्थामा दुई पार्टीका कार्यक्रमलाई समायोजन गर्दा बजेटको आकार बढ्न लागेको हो । स्रोतका अनुसार अझै पनि त्यसमा काँटछाँट भइरहेको छ । 

योजना आयोगले चालु आव २०८१/८२ मा बनाएको त्रिवर्षीय बजेट विनियोजन तथा प्रक्षेपण अनुसार यस वर्ष बजेट आकार २० खर्ब ८८ अर्ब २१ करोड रुपैयाँसम्म पुग्ने अनुमान छ ।

मन्त्रालय स्रोतका अनुसार मध्यमकालीन खर्च संरचना र स्रोत समितिले दिएको सिलिङबीच रहने गरी बजेट आकार तय गर्ने तयारी गरिएको हो । सरकारले चालु आव १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update