Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवसायीहरूको नाममा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यद्यपि यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update