काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्बजनिक गरेको छ । नयाँ आवका लागि ६७ अर्ब बरावरको वितरणमुखी बजेट ल्याईएको हो ।
आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बरावरको बजेट सार्बजनिक गरेका हुन् ।
बजेट वक्तव्यका क्रममा ७६ अर्ब भनिएपछि प्रदेशसभा बैठकमा हल्लाखल्ला भएको थियो । लगत्तै आफ्नो वक्तव्य सच्याएर ६७ अर्ब सम्बोधन गरेका थिए ।
चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात् २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत सृजना भएको थियो ।
अन्ततः बजेटको आकार ६८ अर्बमै यथावत राखिएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो ।