Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सुनकोशी नदी आसपास सतर्क रहन आग्रह

काठमाडौं । स्थानीय प्रशासनले सुनकोशी नदी आसपसका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै आज रातिदेखि आगामी ५ गतेसम्म अत्यधिक वर्षा हुनसक्ने भन्दै सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो ।

सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने भनदै नदी आसपासका क्षेत्रका बासिन्दा, बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा सवारी चलाउँदा समेत ध्यान दिनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भनेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update