Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जेनजी आन्दोलनमा बैंक लुटेको अभियोगमा दोलखाका दिपक श्रेष्ठ बिरुद्ध मुद्धा

काठमाडौं । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको अभियोगमा दोलखाका एक युवक बिरुद्ध अदालतमा मुद्धा दायर भएको छ । बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठ बिरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो । श्रेष्ठका साथै अर्का एक नाबालकलाई पनि प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीसँगको बयानमा श्रेष्ठले  बैंकबाट लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको स्वीकार गरेका छन् । बैंकबाट आफूले २ लाख ५० हजार मात्रै लगेको उनको दाबी छ । उक्त रकममा १ लाख ७२ हजार थप गरी ४ लाख २२ हजारमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेको उनले स्वीकारेका छन् ।

श्रेष्ठले बैंकबाट उक्त रकमका साथै ३ थान सुनका बाला, १ थान बेरुवा औठी, गणेशको लकेट भएके १ थान सिक्रि लगेको बताएका छन् ।

बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । श्रेष्ठबाट केही सुन बरामद भए पनि अरु सुन र रकमबारे केही खुल्न सकेको छैन ।्

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update