Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचन सुरक्षाका लागि प्रहरीमा खुल्यो भर्ना

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीमा भर्ना खुलेको छ । निर्वाचन प्रहरीको भर्ना आवेदन शुक्रबारदेखि १ माघसम्म बुझाउन सकिनेछ । सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीका लागि केही दिनमै आवेदन खुलाउने तयारी गरेको छ ।

निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) खटिनेछन् । 
केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयअनुसार निर्वाचन सुरक्षामा आ–आफ्ना जिम्मेवारी र अधिकारक्षेत्र तोकेर सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १ लाख ८८ हजार ३ सय ६३ जनशक्ति परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन खाका बनेको छ । नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’ का रूपमा छनोट गरी परिचालन गर्दै छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update