Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सामुदायिक रेडियोहरुको दुरुपयोग भैरहेको छ : मन्त्री गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चालकहरुले सामुदायिक रेडियोहरूको दुरुपयोग गरिएको बताएका छन् । सामुदायिक रेडियोहरुले सामाजिक रुपान्तरणको भूमिका निर्बाह गर्नुपर्नेमा राजनीतिक पार्टीको प्रचारका रुपमा दुरुपयोग गरिएको उनले बताए ।

उनले सामुदायिक रेडियोको नाममा हुने अस्वस्थ राजनीतिक प्रचारबाजीको नियमन गर्नुपर्ने आवश्यकता औल्याए । सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरूमा देखिएको विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

‘सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरूमा पनि व्यक्तिहरूको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाका लागि रेडियो धेरै जन्मिएको त होइन ? प्रश्न गर्दै उनले भने ।

सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार रेडियो सञ्चालन गर्न खोज्नेहरुले फ्रिक्वेन्सी नपाउने र फ्रिक्वेन्सी लिएकाहरुले त्यसको पालना गरेका छन् की छैनन् भन्ने कुरा गम्भिर समिक्षाको विषय बनेको उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update