Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय काठमाडौँ — यस वर्ष एसईइको नियमित परीक्षा नहुने निश्चित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । परीक्षा नहुने भएपछि कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई लगायतका परीक्षा कहिले संचालन गर्ने भन्नेबारे टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । मन्त्री पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटीबारे सरकारले निर्णय गरेलगत्तै परीक्षाबारे टुंगो लाग्ने बताए ।
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट काठमाडौँ — सरकारले गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पुँजी अभावका कारण काममा समस्या हुन नदिन सरकारले माथिल्लो तामाकोसी आयोजनालाई बजेट छुट्याएको हो । सरकारले आगामी आवका लागि उक्त आयोजनालाई १ अर्ब बजेट छुट्याएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ०७५/०७६ मा ५० करोड...
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ?
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ? चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो । नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता नहुनुको कारण माग गरेको छ ।
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गनृ थालेका हुने । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।
न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती
न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती ‘बिभागिय प्रमुखहरुको सुझाव, आवश्यकताको पहिचान र प्राथमिकता निर्धारणका आधार, कानुनी तथा जनप्रतिनिधिसँगको सल्लाहपछि श्रम ऐन २०७४ को श्रमिक कटौती प्रावधानको आधारमा मापदण्ड निर्धारण गरी संस्थाको कार्यकारिणी समितिले आउने आर्थिक वर्षको लागि उपयुक्त मानव संसाधन पुनर्संरचनाको निर्णय गरेको हो, विज्ञप्तीमा भनिएको छ ।’
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर चरिकोट - कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण लकडाउन जारी रहँदा बैतेश्वर गाउँपालिकाले एम्बुलेन्सको नयाँ भाडादर कायम गरेको छ । गाउँपालिकाले यही जेठ १५ गतेदेखि लागु हुनेगरी एन्बुलेन्सको नयाँ भाडादर कायम गरेको हो । जस अनुसार बैतेश्वर अस्पतालबाट काठमाण्डौंसम्मको भाडादर १० हजार तोकिएको छ ।
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज दोलखाका स्थानीय तहले धमाधम विद्यालयको तह समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाएका छन् । नयाँ शैक्षिक सत्रको पुर्वसन्ध्यामा स्थानीय तहहरुले विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय खारेज, घटुवा र दरबन्दी मिलान गरेका हुन् । जसअनुसार तामाकोसी गाउँपालिकाका ५ वटा विद्यालय खारेज गरिएको छ ।
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको विगु गाँउपालिका ५ बाट रतुवा मृगको उद्धार गरिएको छ । विगु गाउँपालिका ५, लाईसेप भन्ने स्थानबाट बुधवार रतुवा मृगको उद्दार गरिएको हो । स्थानीय खिम बहादुर खड्काले गाईवस्तु चराउन जाने क्रममा फेला पारेको रतुवा मृगको पाठोलाई उद्धार गरी गौरीशंकर संरक्षण क्षेत्रमा खबर गरेका थिए...
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु)
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु) मुलुक लकडाउन (बन्दावन्दी) मा रहँदा दोलखाको प्रसिद्ध गौरीशंकर हिमाल आईतवार खुलेर निकै सुन्दर देखियो । दिनभरको वर्षापछि सूर्यास्तको समयमा मौसममा देखिएको सुधारसँगै गौरीशंकर मनमोहक देखिएको थियो । उक्त तस्वीर धेरैको क्यामेरा र मोवाईलमा कैद भयो । हिन्दु धर्मावलम्बीहरुको आराध्येदेव शिव र पार्वतीको पतीकका रुपमा गौरीशंकर हिमालाई लिने गरिन्छ । ७१३४...
Weather Update