लिपुलेक र कालापानी भारतको भनेपछि बिवादमा मेटमणी
शुक्रबार, भदौ २८, २०८१

लगाडी बोर्डको सिइओमा सुशील ज्ञवाली
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

असोज ३ देखि संचालनमा आउँदै धरहरा
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा संचालनमा आउने भएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन गर्न निर्णय गरेको हो ।

समसामयिक विषयमा ओली, देउवा र प्रचण्डको बैठक
बिहीबार, भदौ २७, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तत्काल एकैसाथ संवैधानिक नियुक्ति अघि बढाउने प्रस्ताव गरेका छन् ।

उपसभामुख हटाउन जुट्ला दुईतिहाई ?
बिहीबार, भदौ २७, २०८१
काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेलाई उपसभामुख इन्दिरा रानालाई हटाउन दुई तिहाई जुटाउन सकस देखिएको छ । दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख रानालाई हटाउने प्रक्रिया अघि बढाउने दुई दलको तयारी छ । तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको छ ।

“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ”
बुधबार, भदौ २६, २०८१
काम नगर्नेहरुले गुट बनाउन सक्छ । काम गर्ने र नगर्नेहरुको बीचमा भिन्नता हुँदा स्वभाविक रुपमा अन्यायको महसुस हुनसक्छ । हिजो पनि समन्वय, समझदारी र सन्तुलनको राजनीतिबाट अगुवाई गरेको हो । अहिलेपनि समन्वय, सन्तुलन र सबैप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्नेछु ।

सरकारले खुलायो जग्गा कित्ताकाट
मंगलबार, भदौ २५, २०८१
काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । नापी विभागका अनुसार देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेका छन् ।

कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप
मंगलबार, भदौ २५, २०८१
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । सहकारीको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम दुरुपयोग भएको भन्दै संसद्मा समेत प्रश्न...

राष्ट्रसंघको ७९ औँ महासभा न्युयोर्कमा
सोमबार, भदौ २४, २०८१
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु हुँदैछ । ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ राष्ट्रसङ्घको महासभा मंगलबारदेखि सुरु हुन लागेको हो ।