Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेसको युवा संकल्प यात्रा सुरु
कांग्रेसको युवा संकल्प यात्रा सुरु काठमाडौं । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सुरु भएको छ । यात्रा झापाको काँकडभिट्टाबाट सुरु भएको हो । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
पिक डिमाण्डको समयमा पनि २५३ मेगावाट विजुली भारत निर्यात
पिक डिमाण्डको समयमा पनि २५३ मेगावाट विजुली भारत निर्यात काठमाडौं । यस वर्षको तिहारको पिक डिमाण्डमा पनि २५३ मेगावाट विजुली भारत निर्यात गरिएको छ । लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । उक्त डिमाण्ड आपुर्ति भएर बाँकी बिद्युत भारत निर्यात भएको हो । 
साफ च्याम्पियन बन्न चुक्यो नेपाल
साफ च्याम्पियन बन्न चुक्यो नेपाल काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो । 
विस्फोटक पदार्थ आयातमा भारतको अबरोध, जलविद्युत आयोजना प्रभावित
विस्फोटक पदार्थ आयातमा भारतको अबरोध, जलविद्युत आयोजना प्रभावित काठमाडौँ । भारतले विस्फोटक पदार्थ आयात रोक्दा नेपालका जलविद्युत आयोजनाहरु फेरी प्रभावित भएका छन् । भारतले अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन आनाकानी गरेको हो । जसका कारण तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् ।
सत्तारुढ दलले दिए एकताबद्ध सन्देश
सत्तारुढ दलले दिए एकताबद्ध सन्देश काठमाडौं। सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै एकताबद्ध सन्देश दिएका छन् । सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि उनीहरुले संयुक्त वक्तव्य जारी गरेका हुन् । 
बिपी राजमार्गमा जापानले देखायो चासो
बिपी राजमार्गमा जापानले देखायो चासो गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ। यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।
रवि र छवि सहितलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप
रवि र छवि सहितलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो। 
माटोको ढिस्कोले पुरिएर दोलखामा तीन जना घाईते
माटोको ढिस्कोले पुरिएर दोलखामा तीन जना घाईते दोलखा । घरको जग खन्ने क्रममा दोलखाको भीमेश्वर नगरपालिमा तीन जना घाईते भएका छन् ।  घरको जग खन्ने क्रममा माथिबाट ढिस्को खस्दा उनीहरु घाईते भएका हुन् । भीमेश्वर नगरपालिका २ गोले टोलमा घर निर्माणका लागि जग खन्ने क्रममा माथिबाट माटो खसेर पुर्दा काम गरिरहेका तीन मजदुर घाईते भएका हुन् ।
एकै महिनामा विदेशिए ५३ हजार नेपाली
एकै महिनामा विदेशिए ५३ हजार नेपाली काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।
बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक
बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो।
जग्गा दानसँग कुनै सौदाबाजी छैन : एमाले 
जग्गा दानसँग कुनै सौदाबाजी छैन : एमाले  काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवनका लागि एक व्यवसायीले गरेको जग्गा दानमा कुनै सौदाबाजी नरहेको स्पष्ट पारेको छ । सोही विषयलाई लिएर पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै एमालेले त्यसको भत्र्सना समेत गरेको छ ।
Weather Update