एनसेलको सेयर कारोबारमा अनुमति नदिन राज्य व्यवस्था समितिको निर्देशन
मंगलबार, पुस ३, २०८०

रुस–युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न आयोगको आग्रह
आइतबार, पुस १, २०८०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । रूसी सेनामा भर्ती भएकाहरु युक्रेनसँगको युद्धका क्रममा धमाधम मारिन थालेपछि आयोगले यस्तो आग्रह गरेको हो ।

आयल निगमले घटायो ईन्धनको मूल्य
शुक्रबार, मंसिर २९, २०८०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीनरतीन रूपैयाँ घटाएको जानकारी दिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता खाँण ३० लाख धरौटीमा छुट्ने
बिहीबार, मंसिर २८, २०८०
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि कांग्रेस नेता बालकृष्ण खाँण ३० लाख रुपैयाँ धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपातको प्रयास
बिहीबार, मंसिर २८, २०८०
धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा दुर्व्यबहारको प्रयास भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार गर्ने प्रयास भएको हो । ओलीमाथि सोही स्थानमा महेश राईले मुक्का प्रहार गरेपनि सुरक्षागार्ड र अन्य सहभागीले रोकेका थिए...

चार महिनामा भित्रियो झण्डै पाँच खर्ब रेमिट्यान्स
बिहीबार, मंसिर २८, २०८०
काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स २६.४ प्रतिशतले बृद्धि भएको छ । राष्ट्र बैंकको मासिक तथ्यांक अनुसार यो अवधिमा रेमिट्यान्स मार्फत ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २६.४ प्रतिशतले बढेको हो ।

१५ वर्षमा वैदेशिक रोजगारीका क्रममा १३ हजार नेपालीले ज्यान गुमाएको तथ्यांक
बिहीबार, मंसिर २८, २०८०
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा करिब १३ हजार नेपालीले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भैरहेको छ । बोर्डका अनुसार उक्त तथ्यांक आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्मको...

टिकटक माथिको प्रतिबन्ध हटाउने प्रधानमन्त्रीको संकेत
आइतबार, मंसिर २४, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक टिकटक प्रतिबन्ध हटाउने संकेत गरेका छन् । टिकटकका उच्च अधिकारीसँग भएको अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो संकेत दिएका हुन् । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए ।

धादिङ केन्द्रबिन्दु भएर भूकम्प
आइतबार, मंसिर २४, २०८०
काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
आइतबार, मंसिर २४, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । १४ किलो सुनसहित एक जना व्यक्ति पनि पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको हो ।

एनसेल खरिद–बिक्री छानविन गर्न उच्च स्तरिय समिति गठन
बिहीबार, मंसिर २१, २०८०
काठमाडौं । सरकारले एनसेलको खरिद–बिक्रीबारे छानविन गर्न उच्च स्तरिय समिति गठन गरेको छ । ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे समितिले अध्ययन गर्नेछ । मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न लेखा समितिको निर्देशन
बुधबार, मंसिर २०, २०८०
काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद–बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।