रुसी सेनामा भर्ती भएका काभ्रेका युवक युक्रेनको नियन्त्रणमा
बुधबार, मंसिर २०, २०८०

अबैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ
बुधबार, मंसिर २०, २०८०
काठमाडौं । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखाना संचालन गर्ने एक जना व्यक्ति पक्राउ गरेका छन् । मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मार्ने क्रममा न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका हुन् ।

पर्यटकको स्वागतमा तल्लीन खरिढुंगा (फोटोफिचर)
बुधबार, मंसिर २०, २०८०
खरिढुंगा । काठमाडौंबाट काभ्रे र सिन्धुपाल्चोक हुँदै दोलखा प्रबेश गरे लगत्तै पर्यटकहरु रमाउने स्थान हो खरिढुंगा । दोलखाको बिभिन्न प्रसिद्ध पर्यटकीय गन्तव्यहरु भ्रमणका लागि आउने पर्यटकहरुलाई खरिढुंगाले स्वागत गरिरहेको हुन्छ । काठमाडौंबाट लगभग १०९ किलोमिटरको दुरीमा रहेको खरिढुंगा आफैपनि पर्यटकीय स्थल हो ।

नेपालबाट रुसी सेनामा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
काठमाडौं । प्रहरीले नेपालबाट रुसी सेनामा युवाहरु पठाउने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद
मंगलबार, मंसिर १९, २०८०
काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका सम्बन्धमा फैसला सुनाएको छ । अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड
सोमबार, मंसिर १८, २०८०
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आकासिने क्रम जारी छ । लगातार नयाँ रेकर्ड राख्दै सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

एनसेल खरिद–बिक्रिमा लेखा समितिको चासो
आइतबार, मंसिर १७, २०८०
काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–ब्रिकी सम्बन्धमा चासो देखाएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी निकायहरूलाई सेयर खरिद–बिक्रीका सन्दर्भमा पत्राचार गरेका छन् । उक्त पत्रमा एनसेल खरिद–बिक्रि सवालमा ९ वटा प्रश्न उठाईएको छ ।

भूकम्पको पिडा : एक हजार ७६ सुत्केरीको त्रिपालमुनि बास
मंगलबार, मंसिर १२, २०८०
काठमाडौं । गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय...

उप्रेतीलाई अन्तराष्ट्रिय साहसिक महिला पुरस्कार
सोमबार, मंसिर ११, २०८०
काठमाडौँ । नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ ।

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त
शुक्रबार, मंसिर ८, २०८०
काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।

एक लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाको तयारी
बिहीबार, मंसिर ७, २०८०
काठमाडौं । दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत लैजाने कामदारको संख्या बढाएको छ । उसले सन् २०२४ का लागि १ लाख ६५ हजार कामदार लैजाने तयारी गरेको हो । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्चद्धारा अस्वीकार
मंगलबार, मंसिर ५, २०८०
काठमाडौं । सर्वोच्च अदालतले टिकटकबारे सरकारले गरेको निर्णयबारे अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्चले अस्वीकार गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

हमासको नियन्त्रणमा रहेका विपिन सकुशल रहेको पुष्टि
सोमबार, मंसिर ४, २०८०
काठमाडौं । ईजरायलमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको हो ।