Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आयल निगमले बढायो ईन्धनको मुल्य
आयल निगमले बढायो ईन्धनको मुल्य काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा ३ रुपैयाँ बढाएको हो ।
काठमाण्डौंमा दोलखा घर भएका एकै परिवारका तीन जनाको हत्या
काठमाण्डौंमा दोलखा घर भएका एकै परिवारका तीन जनाको हत्या काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा दोलखा घर भएका तीनसहित चार जनाको हत्या भएको छ । हत्या गरिएका तीन जना एकै परिवारका सदस्य हुन् । प्रहरीका अनुसार गैह्रीगाउँको दिव्य स–मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको छ । 
शिक्षक हुन स्नातक र स्नातकोत्तर अनिबार्य
शिक्षक हुन स्नातक र स्नातकोत्तर अनिबार्य काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रावधान ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । 
शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए जागिर चट
शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए जागिर चट काठमाडौं । सार्वजनिक विद्यालयका शिक्षकले बहाल रहेर अन्य देशको आवासीय अनुमतिका लागि निवेदन दिन नपाउने भएका छन् । शिक्षकले त्यसरी अनुमति मागेको प्रमाणित भएमा ऊ कारबाहीको भागिदार हुने व्यवस्था नयाँ शिक्षा ऐनमा गरिएको छ ।
दोलखाली संंचालक रहेको रेडी ट्रेडर्सविरुद्ध साढे तीन अर्ब बिगो दाबी
दोलखाली संंचालक रहेको रेडी ट्रेडर्सविरुद्ध साढे तीन अर्ब बिगो दाबी काठमाडौं । दोलखा घर भएका दिलिप भुजेल संचालक रहेको रेडी ट्रेडर्स प्रालिले ३०२ किलो सुन भित्र्याएको पाईएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ ।
६० किलो सुन प्रकरणमा ५० जना प्रतिवादी
६० किलो सुन प्रकरणमा ५० जना प्रतिवादी काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । सीआईबीले रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
त्रिभुवन विमानस्थलबाट फेरी एककिलो सुन बरामद, काभ्रेका तीन जना पक्राउ
त्रिभुवन विमानस्थलबाट फेरी एककिलो सुन बरामद, काभ्रेका तीन जना पक्राउ काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट फेरी एक किलो सुन बरामद गरेको छ । एक किलो सुनसहित काभ्रेसका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका-३ का २८ वर्षीय बाबुलाल दोङ, काभ्रेककै रोशी गाउँपालिकाका जगत लामा र काभ्रेकै मिङ्मा दोर्जे स्यान्तान रहेका छन् ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ फिक्कल । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा ९एमाले० संसदीय दलको उपनेतासमेत थिए ।
एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङको निधन
एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङको निधन काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । 
अमेरिका भ्रमण जाने टोलीको संख्या घटाउन निर्देशन
अमेरिका भ्रमण जाने टोलीको संख्या घटाउन निर्देशन काठमाण्डौं । नेपाल सरकारको तर्फबाट अमेरिका जाने भ्रमण टोलीको संख्या घट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका हुन् । 
अलैचीको भाउ बढ्यो, किसान उत्साहित 
अलैचीको भाउ बढ्यो, किसान उत्साहित  काठमाण्डौं । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्।
Weather Update