Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु पुर्पक्षका लागि थुनामा
नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु पुर्पक्षका लागि थुनामा काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरु १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जना पूर्पक्षका लागि थुनामा गएका हुन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि यस्तो आदेश दिएको हो...
प्रधानन्यायधिसमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायधिसमा कार्कीको नाम सर्वसम्मत अनुमोदन काठमाडौँ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । समिति सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको जानकारी दिए । 
मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त
मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
नेपाल भित्रियो मनसुन, कोशी, वग्मती र गण्डकीमा वर्षात् सुरु
नेपाल भित्रियो मनसुन, कोशी, वग्मती र गण्डकीमा वर्षात् सुरु काठमाडौँ । नेपालमा एक दिन ढिला गरेर मनसुन भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा भित्रिँदै आएकोमा यो वर्ष केही ढिला मनसुन् प्रवेश गरेको हो । बुधबार पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ...
जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन
जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
नागरिकता विद्येयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नागरिकता विद्येयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार उक्त विद्येयक प्रमाणीकरण गरेको थिए ।
गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्चमा रिट
गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्चमा रिट काठमाडौं । गौर हत्याकाण्ड छानविनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । १६ वर्षअघि उक्त हत्याकाण्ड भएको थियो । जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै घटनामा मारिएका आफन्तहरुले अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट दायर गरेका हुन् । 
७१ देशमा वैदेशिक रोजगारी खोल्ने तयारी
७१ देशमा वैदेशिक रोजगारी खोल्ने तयारी काठमाडौं । सरकारले ७१ देशमा रोजगारी खोल्ने भएको छ । दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ ।
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित काठमाडौँ । वाग्मती प्रदेशसभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल भई ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गरेका थिए ।
सुनकोशी नदीमा बेपत्ता तीन जना अझै भेटिएनन्, गोताखोर टोली परिचालन
सुनकोशी नदीमा बेपत्ता तीन जना अझै भेटिएनन्, गोताखोर टोली परिचालन सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका तीन जना अझै फेला पर्न सकेका छैनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतको खोजीमा गोताखोर टोली परिचालन गरिएको छ । 
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा निस्किएका छन् । यो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणका रुपमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् ।
नयाँ आर्थिक वर्षको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड (पूर्णपाठ)
नयाँ आर्थिक वर्षको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड (पूर्णपाठ) काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार बढाएको छ । अर्थमन्त्री प्रकाशसरण महतले नयाँ आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्बजनिक गरेका हुन् । यो चालु आर्थिक वर्ष २०७९र८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब...
Weather Update