Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना संक्रमण बढ्दै, खोप लगाउन मन्त्रालयको आग्रह
कोरोना संक्रमण बढ्दै, खोप लगाउन मन्त्रालयको आग्रह काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
रास्वपाका सांसद श्रेष्ठ दुई करोड घुस प्रकरणमा मुछिए
रास्वपाका सांसद श्रेष्ठ दुई करोड घुस प्रकरणमा मुछिए काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न घुस मागेको अडियो सार्बजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले घुस मागेको अडियो टेप सार्बजनिक भएको हो । अडियो टेपमा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग उक्त घुस मागेको...
कर्मचारीलाई तलबभत्ता दिनपनि ऋण लिनुपर्ने बाध्यता
कर्मचारीलाई तलबभत्ता दिनपनि ऋण लिनुपर्ने बाध्यता सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । कर्मचारीलाई तलबभत्ता खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको उनले बताए । त्यसका लागि आवश्यक नीति, कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता काठमाण्डौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो ।
सत्तारुढ गठबन्धनद्धारा न्यूनतम साझा कार्यक्रम सार्बजनिक (पूर्णपाठ)
सत्तारुढ गठबन्धनद्धारा न्यूनतम साझा कार्यक्रम सार्बजनिक (पूर्णपाठ) काठमाडौँ । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छन् । सरकार सञ्चालनका लागि बनेको कांग्रेस–माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । 
कोशी नामकरण : समर्थन जनाएपछि माओवादीद्धारा गल्ती स्वीकार
कोशी नामकरण : समर्थन जनाएपछि माओवादीद्धारा गल्ती स्वीकार काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणमा गल्ती भएको जनाएको छ । उक्त नामाकरणमा गल्ती भएको स्वीकार गर्दै माओवादीले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ । 
सर्वोच्चले माग्यो रवि लामिछानेलाई मुद्धा नचलाउनुको कारण
सर्वोच्चले माग्यो रवि लामिछानेलाई मुद्धा नचलाउनुको कारण काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दामा कारण देखाउ आदेश दिएको छ । आदालतले लामिछाने बिरुद्ध मुद्धा नचलाउनुको कारण मागेको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको कार्यालयलाई दोहोरो राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण माग...
निजामती कर्मचारीको उमेरहद बढाउने तयारी
निजामती कर्मचारीको उमेरहद बढाउने तयारी काठमाडौं । संघीय सरकारले निजामती कर्मचारीको उमेरहद बढाउने तयारी गरेको छ । संसदमा पेश गर्ने अन्तिम तयारी गरिएको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको हो । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनमा ६० वर्षे उमेर हदको व्यवस्था गरिएको छ । 
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
पूर्व नगरप्रमुख र प्रशासकीय अधिकृत बिरुद्ध अख्तियारमा मुद्धा
पूर्व नगरप्रमुख र प्रशासकीय अधिकृत बिरुद्ध अख्तियारमा मुद्धा काठमाडौँ । सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्य पालिकाहरूमा भएको कामको डुप्लिकेसन गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुबिरुद्ध मुद्धा दायर गरेको हो ।
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा
मधेस प्रदेश सरकारबाट एमाले मन्त्रीहरुले दिए राजीनामा जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मंगलबार राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
Weather Update