वाग्मतीका १३ वटै जिल्लामा एकिकृत सेवा कार्यालय संचालन गर्ने तयारी
आइतबार, माघ २९, २०७९

रास्वपालाई पुनः सरकारमा आउन आग्रह
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । सत्ता साझेदार दलहरु सम्मिलित उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा आउन आग्रह गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

एमालेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गर्ने
बिहीबार, माघ २६, २०७९
काठमाडौँ । नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि नयाँ अभियान संचालन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अभियान फागुन र चैत महिनामा सञ्चालन हुने नेताहरुले बताएका छन् ।

विस्वासको मत नपाएपछि ढल्यो सुदुरपश्चिम प्रदेश सरकार
बिहीबार, माघ २६, २०७९
धनगढी । सुदुरपश्चिम सरकार ढलेसँगै राजनीतिक अस्थिरता सुरु हुने भएको छ । नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो ।

दोहोरो राहादानी लिएकोबारे लामिछाने माथि थालियो छानविन
बिहीबार, माघ २६, २०७९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानीबारे सरकारी वकिलको कार्यालयले अनुसन्धान सुरु गरेको छ । दोहोरो नागरिकताबारे लामिछाने बिरुद्ध परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको जनाएको छ ।

माओवादी केन्द्रको बैकल्पिक केन्द्रीय समितिदेखि स्थायी समितिले पायो पूर्णता
बिहीबार, माघ २६, २०७९
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय तहका रिक्त जिम्मेवारीलाई पूर्णता दिएको छ । केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिईएको हो । हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना, स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।

विप्लवको पार्टीले महंगी विरुद्ध देशव्यापी प्रदर्शन गर्ने
बुधबार, माघ २५, २०७९
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी लगायतका विषयलाई लिएर विरोध प्रदर्शन गर्ने भएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी उसले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय सार्वजनिक गरेको हो ।

सर्वोच्चले कांग्रेसलाई देला बिपक्षी दलको मान्यता ?
बुधबार, माघ २५, २०७९
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई हुन लागेको हो ।
1672282242.jpeg)
सत्तारुढ संयन्त्रको बैठक बस्ने, राष्ट्रपतिको उम्मेदवार एजेण्डा
बुधबार, माघ २५, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधवार भेटवार्ता भएको छ । भेटमा बिहिवार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन दुई नेता सहमत भएका छन् । राष्ट्रपति उम्मेदवारको एजेण्डा मुख्य बनाएर संयन्त्रको बैठक बोलाउन लागिएको हो ।

नेपालमा किन बढ्दैछ अमेरिकी अधिकारीहरुको दौडधुप ?
मंगलबार, माघ २४, २०७९
काठमाडौँ । नेपालमा अमेरिकी अधिकारीहरुको दौडधुप बढ्न थालेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै चार अमेरिकी महिला अधिकारीहरू नेपाल भ्रमण गर्दैछन् । यसअघि दुई अधिकारीहरु भ्रमणमा आएका थिए । राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी समेत रहेकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर...
1673860113.jpeg)
पोखरामा दुर्घटनाग्रस्त विमानको अनुसन्धान सकियो
मंगलबार, माघ २४, २०७९
काठमाण्डौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ।

स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने
मंगलबार, माघ २४, २०७९
काठमाडौं । २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

सरकारले बढायो ईन्धनको मुल्य
मंगलबार, माघ २४, २०७९
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमवार राती १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेलरमटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ ।