प्रधानमन्त्री भन्छन् : सत्ता साझेदार दलहरुबीचको असमझदारी हट्छ,
शनिबार, माघ २१, २०७९

भारतले बढाएर पठायो ईन्धनको मूल्य
बुधबार, माघ १८, २०७९
काठमाडौँ । भारतले इन्धनको मूल्य बढाएर नयाँ मुल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७...

नेपालमा हुने भ्रष्टाचारमा केही सुधार, ११० औं स्थानमा सूचीकृत
मंगलबार, माघ १७, २०७९
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको अबस्था सुधार हुँदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारमा केही सुधार भएको जनाएको हो । सूचकाङ्कका अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ ।

पाकिस्तानको पेशावरमा विष्फोट हुँदा ५९ जनाको मृत्यु
मंगलबार, माघ १७, २०७९
काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।

प्रधानमन्त्रीलाई एकिकृत समाजवादीको ज्ञापनपत्र
मंगलबार, माघ १७, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

राष्ट्रपतिको विषयले सत्ता साझेदार दलबीच खटपट
मंगलबार, माघ १७, २०७९
काठमाडौं । राष्ट्रपतिको विषयले सत्तासाझेदार दलहरुबीच खटपट सुरु भएको छ । सत्ता गठबन्धन बनेको एक महिनामै सत्तारुढ घटक दलबीच असमझदारी बढ्न थालेको हो । पुष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएपनि कार्यान्वयनमा समस्या देखिन थालेपछि खटपट देखिन थालेको हो ।

मेयर वालेन शाह बिरुद्ध काठमाण्डौंमा प्रदर्शन
आइतबार, माघ १५, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिका बिरुद्ध उपत्यकाको माईतीघरमा प्रदर्शन भएको छ । महानगरले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन सुरु भएको हो । बिरोध प्रदर्शनका लागि काठमाडौंका विभिन्न ठाउँका वासिन्दा माइतीघरमा भेला भएका थिए । महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको उनीहरुको आरोप छ ।

पार्टी नेतृत्वमा रवि लामिछानेको कमब्याक
आइतबार, माघ १५, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् । उक्त पार्टीको आईतवार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो ।

रवि लामिछानेले लिए नयाँ नेपाली नागरिकता
आइतबार, माघ १५, २०७९
काठमाडौं । नागरिकता मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेले नेपाली नागरिकताको नयाँ प्रमाणपत्र लिएका छन् । नयाँ नागरिकताका लागि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।

नयाँ नेपाली नागरिकता लिँदै रवि लामिछाने
आइतबार, माघ १५, २०७९
काठमाडौं । नागरिकता मुद्धामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । त्यसका लागि लामिछाने आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदैछन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नयाँ नागरिकता लिने तयारी गरेका हुन् ।

अमेरिकी उपविदेशमन्त्री नेपाल आउँदै
आइतबार, माघ १५, २०७९
काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनले विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्दै आएकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

रवि लामिछानेको सांसद पद खारेज, मन्त्री पदपनि गयो
शुक्रबार, माघ १३, २०७९
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।