Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन फिर्ता
एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन फिर्ता काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिएको छ । पार्टी सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही अनुसार एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्रीको फोनपछि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकियो
प्रधानमन्त्रीको फोनपछि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकियो काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्री पौडेल आइतबार साँझ जेनेभा जाने कार्यक्रम थियो । तर भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
पल शाहले उच्च अदालतबाट पाए सफाई, रिहा गर्ने तयारी 
पल शाहले उच्च अदालतबाट पाए सफाई, रिहा गर्ने तयारी  काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह भोली (सोमवार) रिहा हुने भएका छन् । उच्च अदालत पोखराले सफाइ दिएपछि उनी रिहा हुन लागेका हुन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाई दिने निर्णय सुनाएको हो । 
कृषकहरुलाई कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध
कृषकहरुलाई कृषि ज्ञान केन्द्र, रामेछापको अनुरोध रामेछाप र दोलखा जिल्लाका विभिन्न क्षेत्रमा आँपका बोटहरुको फेद लगायत हाँगाहरुबाट गम जन्य पदार्थ निस्कने, एक दुई हाँगा सुक्न सुरु भई बोट नै सुकेर मर्ने लगायतका लक्षणहरु देखा परेको हुँदा समस्याग्रस्त रोगी बोटहरुमा मूल काण्डमा साथै काँटछाँट गरिएको भागमा बोर्डो पेष्ट दल्ने कार्य गर्नुहुन अनुरोध छ।
राष्ट्रपति कांग्रेसलाई दिने ८ दलबीच सहमति
राष्ट्रपति कांग्रेसलाई दिने ८ दलबीच सहमति काठमाडौं । आठ राजनीतिक दलहरुले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा यस्तो सहमति जुटेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो ।
सर्वोच्चबाट क्रिकेटर लामिछानेले पाएनन् विदेश जाने अनुमति
सर्वोच्चबाट क्रिकेटर लामिछानेले पाएनन् विदेश जाने अनुमति काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको छ । लामिछानले पेश गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।
भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ–ब्याज तिरेमा जरिबाना छुट हुने
भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ–ब्याज तिरेमा जरिबाना छुट हुने काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने नियम लागु गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरुबीच बाक्लो सम्वाद
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरुबीच बाक्लो सम्वाद काठमाडौँ । राष्ट्रपति निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आन्तरिक तथा दुई पक्षिय सम्वाद तीब्र बनाएका छन् । जस अनुसार नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीले अघि सार्नसक्ने राष्ट्रपतिका उम्मेदवारमा सहमति खोज्न दलहरुसँग छलफल सुरु गरेको छ ।
नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब
नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब काठमाडौँ । नेपालले सात महिनाको अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोडको व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८.७१ प्रतिशतले कमी हो ।
नेपाली उत्पादन अनिवार्य गर्न सार्वजनिक निकायलाई सरकारको निर्देशन
नेपाली उत्पादन अनिवार्य गर्न सार्वजनिक निकायलाई सरकारको निर्देशन काठमाडौँ । सरकारले नेपाली उत्पादनलाई अनिवार्य नियम लागु गर्ने भएको छ । मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्न सरकारले निर्देशन दिएको हो ।
चालु आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घटाईयो
चालु आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घटाईयो काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाईएको जानकारी दिएका छन् ।
Weather Update