Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
देउवा सरकारमा पहुँचवालालाई मनपरी खर्च
देउवा सरकारमा पहुँचवालालाई मनपरी खर्च काठमाडौँ । कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै यस्तै बेथिति उपचार खर्चका नाममा भइरहेको छ जहाँ विपन्न सर्वसाधारण उपेक्षित छन्, पहुँचवालाको हालीमुहाली छ ।
वाग्मती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने
वाग्मती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने हेटौंडा । वाग्मती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको छ । शुक्रबार बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए । 
एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने
एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ ।
नवनिर्वाचित सांसदहरुलाई पुष ७ गतेभित्र सपथ ग्रहण गराउने तयारी
नवनिर्वाचित सांसदहरुलाई पुष ७ गतेभित्र सपथ ग्रहण गराउने तयारी काठमाडौं । नवनिर्वाचित संघीय संसदहरुको सपथ ग्रहण यही पुष ७ गतेभित्र गर्ने तयारी भएको छ । सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको बताए ।
कांग्रेस र माओवादी आ-आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा
कांग्रेस र माओवादी आ-आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा काठमाण्डौं । मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।
पेट्रोलियम ढुवानी ट्यांकरको भाडा बढेपछि निगमलाई वार्षिक ८० करोडको भार
पेट्रोलियम ढुवानी ट्यांकरको भाडा बढेपछि निगमलाई वार्षिक ८० करोडको भार काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेपछि वार्षिक ८० करोड व्ययभार थपिने भएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमले जनाएको छ ।
भूमि व्यवस्थासम्बन्धी कानुनलाई संशोधन गरेर संसदमा पेश गर्ने तयारी
भूमि व्यवस्थासम्बन्धी कानुनलाई संशोधन गरेर संसदमा पेश गर्ने तयारी काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ।
अबको २८ दिनभित्र नयाँ सरकार
अबको २८ दिनभित्र नयाँ सरकार काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा चुनिएका जनप्रतिनिधिले पुस २८ अघि नै नयाँ सरकार बनाउनुपर्ने भएको छ । चुनावमा एउटै दलले बहुमत प्राप्त गर्न नसकेकाले दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन गर्नुपर्नेछ ।  निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३५ दिनभित्र प्रधानमन्त्रीको नियुक्ति भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एउटै...
निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश, सरकार गठनको बाटो खुल्यो 
निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश, सरकार गठनको बाटो खुल्यो  काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम पेश गरेको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसमक्ष मंसिर ४ गते सम्पन्न सो निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन् ।
Weather Update