Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार सपथग्रहण
मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार सपथग्रहण काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार करिव ५ घण्टासम्म भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको हो । यो समझदारीसँगै मंगलबार १ बजे मन्त्रिपरिषदले पुर्णता पाउने भएको छ । दिउँसो १ बजेका लागि सपथ ग्रहण तय भएको छ । सपथ ग्रहणपछि सर्बदलीय बैठक बोलाईएको...
वाग्मती प्रदेशसभाको उपसभामुखमा चापागाई निर्वाचित
वाग्मती प्रदेशसभाको उपसभामुखमा चापागाई निर्वाचित हेटौंडा । बागमती प्रदेशसभाको उपसभामुखमा सत्तारुढ घटककी उम्मेदवार अप्सरा चापागाई निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा ६१ मत पाएर चापागाई निर्वाचित भएकी हुन् । ११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत परेको छ ।
आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन काठमाण्डौं । सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै वायुसेवा कम्पनीहरूलाई आ–आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको हो ।
पोखरामा भएको विमान दुर्घट्नामा ६४ जनाको मृत्यु भएको पुष्टि
पोखरामा भएको विमान दुर्घट्नामा ६४ जनाको मृत्यु भएको पुष्टि आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।
विमान दुर्घट्नाको छानबिन गर्न आयोग गठन
विमान दुर्घट्नाको छानबिन गर्न आयोग गठन काठमाडौँ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ ।
अर्थतन्त्रका बाह्य सूचकहरू सुधारोन्मुख
अर्थतन्त्रका बाह्य सूचकहरू सुधारोन्मुख काठमाडौँ । नेपालको खराब देखिँदै गएको अर्थतन्त्रका बाह्य सूचकहरूमा भने सुधार हुन थालेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार आएको बिवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिएको हो । 
वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाउने तयारी
वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाउने तयारी हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयहरुको संख्या घटाईने भएको छ । सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
Weather Update