Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थामी समाज दोलखाको छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन
थामी समाज दोलखाको छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन चरिकोट – नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाको छैटौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार अधिवेशनको उद्घाटन समारोहपछि राती अबेरसम्म चलेको बन्दसत्रले होमबहादुर थामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बसन्त थामी, उपाध्यक्षमा विक्रम थामी, महिला उपाध्यक्षमा वविता थामी चयन...
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला काठमाडौं - दशैं लगायतका चाडपर्बलाई लक्षित गरी आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । आजदेखि टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् ।
दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा
दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा काठमाडौँ - यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११स्५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० : ३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
१ करोड ७९ लाख ८८ हजार ५७० पुग्यो मतदाता संख्या
१ करोड ७९ लाख ८८ हजार ५७० पुग्यो मतदाता संख्या काठमाडौँ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोतेको छ । साथै २२ हजार २२६ वटा मतदानकेन्द्र...
घरजग्गा कारोबार गर्न अनुमति लिनुपर्ने व्यवस्था गर्दै सरकार
घरजग्गा कारोबार गर्न अनुमति लिनुपर्ने व्यवस्था गर्दै सरकार काठमाण्डौं - सरकारले घर-जग्गा सम्बन्धी कारोबार गर्न अब अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्ने भएको छ । मालपोत ऐन-२०३४ संशोधन गर्दै सरकारले घरजग्गा कारोबारमा अनुमति लिनुपर्ने नियम लागु गर्न लागेको हो । जसका लागि सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक नै जारी गरेर विभिन्न ऐन संशोधन गर्ने तयारी गरेको छ...
अघिल्लो चुनावमा बन्दसूचीमा परेका उम्मेदवार दोहोरिन पाउने
अघिल्लो चुनावमा बन्दसूचीमा परेका उम्मेदवार दोहोरिन पाउने काठमाण्डौं - ०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरूलाई मंसिर ४ गते हुने निर्वाचनमा पुन बन्दसूचीमा बस्न पाउने बाटो खुलेको छ । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार यस्तो समझदारी भएको हो । 
चाडपर्बलाई लक्षित गरेर नयाँ नोट साट्न थालियो
चाडपर्बलाई लक्षित गरेर नयाँ नोट साट्न थालियो काठमाण्डौं - दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो । 
विज्ञहरुको चेतावनी : ‘डेंगुले प्रकोपको रूप लिनसक्छ’
विज्ञहरुको चेतावनी : ‘डेंगुले प्रकोपको रूप लिनसक्छ’ काठमाडौँ - स्वास्थ्य विज्ञहरूले तीन वर्षअघिको डेंगुको अवस्था जस्तै जटिलता आउन लागेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन् । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।
डेंगु संक्रमण देशभर फैलियो, सात जनाले ज्यान गुमाए
डेंगु संक्रमण देशभर फैलियो, सात जनाले ज्यान गुमाए काठमाडौं - साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् ।
१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्यो
१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्यो काठमाण्डौं  - नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान...
बैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च
बैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च काठमाडौँ - वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन बढ्न थालेको छ । साउन महिनादेखि उक्त संख्या झन्डै दोब्बर भएको तथ्यांकले देखाएको छ । हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भइरहेको वैदेशिक रोजगार कार्यालय काठमाडौंले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
निराशाजनक आयो कक्षा १२ को परीक्षाफल
निराशाजनक आयो कक्षा १२ को परीक्षाफल काठमाडौं - माध्यमिक तह (कक्षा १२) को परीक्षाफल निराशाजनक देखिएको छ । परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड) मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो...
Weather Update