निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी
बुधबार, असार ८, २०७९

जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सोमबार, असार ६, २०७९
काठमाडौं - सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ईन्धनको मूल्य बढेसँगै यातायातको भाडामा पनि उच्च बृद्धि (सूचीसहित)
सोमबार, असार ६, २०७९
काठमाडौं - पेट्रोलियम पदार्थमा भारी मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७।७ प्रतिशतसम्म भाडा बढाएको हो ।

सरकारले ईन्धनको मूल्य फेरी बढायो, पेट्रोल १९९, डिजेल/मट्टितेलको मुल्य १९२ पुग्यो
सोमबार, असार ६, २०७९
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मुल्य फेरी भारी मात्रामा बृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेलरमट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट
आइतबार, असार ५, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हंगामा मच्चीएको छ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा बसेको तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि हात हालाहालको अवस्था सिर्जना भएको हो । पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि हातहालाल नै...

एमाले जनप्रतिनिधिको २० बुँदे संकल्प : हामी शासक होइन, जनताका सेवक हुन्छौैं
शुक्रबार, असार ३, २०७९
काठमाडौँ - नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले शासक नभई सेवक बन्नेु घोषणा गरेको छ । २० बुँदे संकल्प प्रस्ताव पारित गर्दै भेलाले यस्तो घोषणा गरेका हुन् । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिनसम्म काठमाण्डौंमा चलेको प्रशिक्षण कार्यक्रमपछि संकल्प जारी गरिएको हो । संकल्प प्रस्तावमा एमालेका...

भारतले उच्च मुल्यबृद्धिसहित ईन्धनको नयाँ मूल्य सूची पठायो
बिहीबार, असार २, २०७९
काठमाडौँ - भारतीय आयल कर्पोरेसन (आईओसी) ले ईन्धनको मुल्य बढाएर नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । उच्च मुल्यबृद्धिसहित आईओसीले बिहिबार पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मुल्यसूची पठाएको हो ।

विवाह गर्ने उमेरहद घटाउने सरकारको तयारी
बुधबार, असार १, २०७९
काठमाण्डौं - सरकारले विवाह गर्ने उमेरहद संशोधन गर्ने भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी दिए ।

विश्वकप फुटबलमा ३२ देश खेल्ने, यस्तो छ समुह विभाजन !
बुधबार, असार १, २०७९
काठमाडौं - सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो ।

आगामी निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु
बुधबार, असार १, २०७९
काठमाण्डौं - निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए ।

एसईईको नतिजा असार मसान्तभित्र, उत्तरपुस्तिकाको जाँच प्रदेश स्तरमा हुने
मंगलबार, जेठ ३१, २०७९
काठमाण्डौं - यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तभित्र प्रकाशन गर्ने तयारी भैरहेको छ । राष्टिय परीक्षा बोर्डका अनुसार नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको छ । यसैबीच एसइईको उत्तरपुस्तिका अब प्रदेश स्तरमा जाँच हुने भएको छ ।

एमसीसीपछि अमेरिकाको एसपीपी सम्झौता प्रस्ताव (१० बुँदे प्रस्तावसहित)
मंगलबार, जेठ ३१, २०७९
काठमाण्डौं - नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्नको लागि अमेरिकाले १० बुँदे प्रस्ताव गरेको छ । एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेले प्रश्न र विरोध गरिरहँदा अमेरिकी पक्षबाट नेपाललाई प्रस्ताव गरिएको दस्तावेज सार्वजनिक भएको हो...

सबै उपाय लगाएर किसानलाई मल उपलब्ध गराउन सरकारलाई प्रतिनिधिसभाको निर्देशन
सोमबार, जेठ ३०, २०७९
काठमाडौँ - प्रतिनिधिसभाले किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले सर्वसम्मतिले सरकारलाई मल उपलब्ध गराउने सबै उपाय अपनाउन निर्देशन दिएको हो ।