चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो
आइतबार, जेठ २९, २०७९

डलरको भाउले कायम गर्यो नयाँ रेकर्ड
शनिबार, जेठ २८, २०७९
काठमाडौँ - नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । सोही क्रममा एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ पुगेको छ । यो हालसम्मकै बलियो र बलियो हो ।

युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम
शनिबार, जेठ २८, २०७९
काठमाण्डौं - युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ ।

महंगी आकासिएर दश प्रतिशत नजिक, काठमाण्डौं र तराईमा दुई गुणाले बढ्यो
शुक्रबार, जेठ २७, २०७९
काठमाण्डौं - मुलुकमा महंगी अचाक्ली बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ ।

काठमाण्डौंको जग्गा कित्ताकाटमा कडाई, चारआना भन्दा माथिमात्रै कित्ताकाट गर्न पाईने
मंगलबार, जेठ २४, २०७९
काठमाडौं - के काठमाण्डौं उपत्यकामा जग्गा कित्ताकाट गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने जग्गा कित्ताकाटबारे सरकारले ल्याएको नयाँ नियम पालना गर्नुपर्ने भएको छ । सरकारले जग्गाको कित्ताकाटमा कडाई गर्दै भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेको छ ।

कबड्डी ४ को गीत केसरीले लोकप्रियता कमाउँदै
मंगलबार, जेठ २४, २०७९
काठमाण्डौं - चर्चित फिल्म ‘कबड्डी ४, द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ ले बजार तताएको छ । एसडी योगीको संगीत र स्वरमा रहेको गीतमा फिल्मका दुई मुख्य पात्र सौगात मल्ल र मिरुना मगर फिचर्ड छन् । गीतमा रामअविरल विष्टको शब्द र रिकेश गुरुङको एरेन्ज छ ।

विवाहेत्तर सम्बन्धबाट यसरी छुट्कारा पाउन सकिन्छ !
मंगलबार, जेठ २४, २०७९
विवाहलाई पवित्र नाता मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने वाचा-कसम खाएका हुन्छन् । यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ ।

सरकारको अपरिपक्वता : आईतवार बिदा दिने निर्णय खारेज
सोमबार, जेठ २३, २०७९
काठमाडौँ - सरकार हप्तामा दुई दिने सार्वजनिक बिदा दिने निर्णयबाट पछि हटेको छ । सरकारले केही साता अघि आइतबारपनि बिदा दिने निर्णय गरेको थियो । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।

एकिकृत समाजवादीका नेता खनाल भन्छन् : ‘वाम एकता आवश्यक छ’
शुक्रबार, जेठ २०, २०७९
२० जेठ, काठमाण्डौं - नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकता आवश्यक रहेकोमा जोड दिँदै त्यो मुलुकको आवश्यकता भएको बताएका छन् । मुलुकका लागि वाम एकता आवश्यक रहेपनि वामपन्थी आन्दोलनका मूल नेताहरु नै त्यसको पक्षमा नरहेको उनले टिप्पणी गरे ।

घट्यो ईन्धनको मुल्य, खाना पकाउने ग्यासको घटेन
बिहीबार, जेठ १९, २०७९
१९ जेठ, काठमाडौं - नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको नयाँ मुल्य तय गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०(१० रुपैयाँका दरले घटाउने निर्णय गरेकोहो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा...

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्णपाठ)
आइतबार, जेठ १५, २०७९
काठमाण्डौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभा बैठकमा बजेट प्रस्तुत गरो हुन् ।

यी हुन् सम्पर्कविहिन तारा एयरको जहाजमा सवार चालक दलका सदस्य तथा यात्रुहरु (नामावली)
आइतबार, जेठ १५, २०७९
काठमाण्डौ - पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन तारा एयरको ९ एनएईटी ट्विनअटरको खोजी भइरहेको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए । तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जहाजमा तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेको जानकारी दिए । हराइरहेको विमानको हेलिकप्टरमार्फत खोजी...

आचारसंहिता बिपरित प्रधानमन्त्री र मन्त्रीहरु चुनावी दौडाहमा
आइतबार, वैशाख २५, २०७९
काठमाण्डौं - प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् ।