Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घट्ना

काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घट्ना भएका छन् । २०२३ मा यस्ता घट्नाको संख्या ५८ थियो । यो वर्ष प्रेस स्वतन्त्रता हननका घट्ना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ । पत्रकार महासंघको सञ्चार अनुगमन शाखाको अभिलेख अनुसार यस वर्ष ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । सन् २०२२ मा ५३ वटा घटना भएको थियो । 

प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घट्नामा सत्यतथ्य छानविन गरी दोषीलाइ कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले सरकारले ल्याउने प्रेससम्बन्धी कानून संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउन समेत माग गरेको छ । 

fnj-press-relese-sajhaboli-1735645152.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update