Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । मन्त्रालय रहेको भवनको सबैभन्दा माथिल्लो तलमा आगलागी भएको हो । 

शनिबार बिहान पौने ९ बजेतिर मन्त्रालयको चौथो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीका अनुसार मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो।

आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको छ। आगलागी भएपछि दुई वटा दमकल ल्याइएको थियो। जसमध्ये एउटा प्रयोग भएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update