७५ ईन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको बढुवा भएको छ। उनीहरु प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका हुन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ १०:०९
प्रतिक्रिया दिनुहोस्