Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रेस चौतारी दोलखाको अध्यक्षमा श्रृजन घिमिरे
नवनिर्वाचित अध्यक्ष श्रृजन घिमिरे । तस्बिर : जीवन लामा

चरिकोट । प्रेस चौतारी दोलखाको अध्यक्षमा श्रृजन कुमार घिमिरे चयन भएका छन् । चौतारीको ८ औं जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षहरुमा अर्जुन तामाङ र लाक्पाली शेर्पा, सचिव गणेश बुढाथोकी, सहसचिवमा प्रकाश बस्नेत, सुजन थामी र कोषाध्यक्षमा फुर्वा तामाङ चयन भएका छन् ।

अधिवेशनले मुना गुरुङ, देवराज मगर र प्रदिप सेन्चुरीलाई सदस्यमा चयन गरेको छ । प्रभु जिरेल, महेन्द्र श्रेष्ठ र शर्मिला बुढाथोकी केन्द्र र तारा बहादुर महत, उषा तामाङ र तारादेवी बस्नेत प्रदेश प्रतिनिधि चुनिएका छन् । चौतारी केन्द्रको १० अधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा सम्पन्न हुँदैछ । 
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update