
चरिकोट । दोलखामा नदीमा हाम्फालेकी महिलाको सकुशल उद्धार गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित तामाकोशी पुलमुनि नदीमा हाम्फालेकी स्थानीय अन्दाजी ४०/४५ वर्षिय महिलाको उद्धार गरिएको हो । नदीमा मानिस हाल्फालेको थाहा पाएपछि स्थानीय र प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।
स्थानीयको सहयोगमा महिलाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सदरमुकाम चरिकोट स्थित अस्पतालमा उपचार गरिएको र अबस्था सामान्य रहेको छ । नदीमा हाम्फाल्नुको कारण खुल्न सकेको छैन ।
यसैबीच दोलखाको विगु गाउँपालिका–४, सोईसाङमा लडेर घाईते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ४, सोईसाङका ४५ वर्षिय छिरिङ तामाङ रहेका छन् । उनी आफ्नै घर नजिकैको गहुँबारीमा बाँदर धपाउन जाने क्रममा लडेर गम्भीर घाईते भएका थिए ।
उनलाई उपचारका लागि काठमाडौं स्थित टिचिङ अस्पताल भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।