Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको बैतेश्वरमा महिलामाथि किन भयो सांघातिक आक्रमण ?

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा एकजना शिक्षिका माथि सांघातिक हमला अंशबन्डा विवादका कारण भएको खुलेको छ । स्थानीय बैतेश्वर माविकी शिक्षिका उषा तामाङमाथि खुकुरी प्रहारको प्रयास सँगै हातपात भएको थियो।

उनीमाथि सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको थियो । 

तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले साङ्घातिक आक्रमणको प्रयास गरेका हुन्। दोलखा प्रहरीका अनुसार पारिवारिक अंशबन्डा विवादका कारण भएको हो । घट्नाका विषयमा उजुरी परेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

अंशबन्डाको विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको बताईएको छ।

यसैबीच बिभिन्न शिक्षक संघ/संगठनहरुले घटनाको विरोध गर्दै दोषी माथि कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update