Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको शैलुङमा लडेर बृद्धको मृत्यु

चरिकोट । दोलखाको शैलुङमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैलुङ गाउँपालिका वडा नम्बर २, पुरानो गाउँका ६८ वर्षिय बिरबहादुर तामाङ रहेका छन् ।

स्थानीय जंगलमा पत्कर सोहोर्न गएका उनको भीरबाट १०० मिटर तल खसेर गम्भीर घाईते भएका थिए । टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि काठमाडौं स्थित न्यूरो अस्पताल लगिएको थियो । तामाङको उपचारकै क्रममा गयराती मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update