
चरिकोट । दोलखाको नासा हाईड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । नासा हाईड्रोपावरको मादी जलजला कन्ट्रक्सनमा का मगर्ने रोल्पा सुनछहररी गाउँपालिका–३, का २३ बर्षीय बजिन्द्र घर्तीमगरको मृत्यु भएको हो । उनी यही फागुन १४ गतेदेखि हराएकोमा खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेका हुन् ।
उनलाई विगु गाउँपालिका वडा नम्बर १ लामाबगरको देउराली जाने भीरमा मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतकको शव सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई अस्पतालमा पोष्टमार्टम गरिएको छ । घट्नाको कारण खुल्न नसकेको र र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुगड समुहको स्वामित्व रहेको नासा हाईड्रोले १६० मेगावाट क्षमताको लप्चीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त हाइड्रोको काम गर्ने क्रममा यसअघि पनि दुई जना कामदारले ज्यान गुमाईसकेका छन् ।