
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको कुकम्पले एक जना कैदी घाईते भएका छन् । आज विहान पौने ६ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले जिल्लामा सामान्य क्षति पुगेपनि प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ । शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।