Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गभर्नर पौडेल बिरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ । नियुक्तिको दोस्रो दिन दायर भएको रिट मंगलबार दर्ता भएको हो । 

सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको छ । रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ । 

राष्ट्र बैंक जस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् । पौडेल गएको जेठ ६ गते गभर्नर नियुक्त भएका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update